नियम
अन्य कर्मचारीलाई अनुसन्धान तथा तहकिकात सम्बन्धी काम तोक्ने
(१) विभागमा कार्यरत कर्मचारी बाहेकका अन्य सरकारी निकाय वा सरकारी कर्मचारीलाई ऐनको दफा १० को उपदफा (२) बमोजिम अनुसन्धान तथा तहकिकात गर्ने काम तोक्नु परेमा सोको सिफारिस सहित महानिर्देशकले अर्थ मन्त्रालयमा लेखी पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लेखी आएमा सम्बन्धित निकाय समेतसँग परामर्श गरी मन्त्रालयले कुनै सरकारी निकाय वा कर्मचारीलाई अनुसन्धान तथा तहकिकात सम्बन्धी काम गर्ने गरी तोक्न सक्नेछ ।